एच.अर्इ.भी. र एड्स: सामान्य जानकारी

एच.अ.भी. र एड्स भनेको के हो ?

एच.अर्इ.भी. भनेको मानव शरिरमा मात्र जिवित रहने, अति सानो सुक्ष्म, मानव शरिरमा रहेको प्रतिरक्षा प्राणलीलार्इ अक्रमण गरि नष्ट पार्ने एक किसिमको जिवाणुलार्इ HIV भनिन्छ ।
एच:- मानव
अर्इ :- प्रतिरक्षा प्रणाली
भी :- जिवाणु

उपचार बिना प्रतिरक्षा प्रणाली कमजोर हुदै जान्छ र नष्ट हुन्छ । अनि मानिसमा अन्य अवसरवादी रोगहरूले अक्रमण गर्दछ । यसरी मानिस शरिरमा एकै चोटि रोगहरूको विभिन्न लक्षणहरू देखा परि मानिस विरामी अवश्थामा पुग्दछ । यस समय मानव शरिरमा एड्सको विकास हुन्छ । यहि रोगहरूको संगालो वा समुहको कारण हुन पुग्ने अवश्थालार्इ एड्स भनिन्छ ।
कहि बाट प्राप्त हुने
प्रतिरक्षा प्रणाली
कमी हुनु
विभिन्न रोगका लक्ष्याणहरू

 

कसरी एच.अर्इ.भी. संक्रमण हुन सक्दछ ?

एच.अर्इ.भी. संक्रमित ब्याक्तिको रगत तथा रगत जन्य पदार्थ सिधा अर्को व्यक्तिमा दिएमा, अशुरक्षित योन सर्म्पक, योनी रस विर्य, अशुरक्षित तरिकाबाट हुने सुर्इ सिरिज प्रयोग, संक्रमित अमाले स्तानपान गराउदा र बच्चा जन्माउदा एच.अर्इ.भी. सर्न सक्दछ ।

वा यो भन्दा बाहेक अरू तरिकाबाट पनि संक्रमण हुन सक्दछ ।

  • १, ए.अर्इ.भी. संक्रमित अमाबाट जन्मने शिशुमा ।
  • २, सुर्इ तथा छाला छेड्ने प्रयोगमा वा उपचारको क्रममा सावाधानी नअउनाउदा ।
  • ३, संक्रमण जन्य रगत लिदा वा दिदा सवाधानी नअपनाएमा ।
    सुरक्षाको लागि कुनै जिवाणु वा किटाणुको संक्रमण भए नभएको राम्रोसँग जाँच गरि रगत लिने वा दिने गर्नु अति अवश्याकता रहेको छ । किन कि केहि देशहरूमा यो चेतनामुल कार्य नभएको देखिन्छ । त्यसै कारण तपार्इ जहाँ र जुन देशमा भए पनि अवश्याकता अनुसारको सावाधानी अपनाउन अवश्याक छ ।
  • ४, मुख मैथुन गर्दा मुखको बाहिरी वा भित्री भागमा घाउ भएमा संक्रमण हुन सक्दछ ।

तर गालामा मोर्इ खाँदा, सगै बस्दा,खादाँ, सँगै काम गर्दा, सँगै खेल्दा, एउटै चर्पी प्रयोग गर्दा,लामखुट्टेले टोक्दाँ, हात मिलाउदा र संक्रमित विरमी व्यक्तिको स्याहार सुसार गर्दा एच अर्इ.भी. संक्रमण हुदैन । यो भार्इरस मानव शरिरको तापक्रममा मात्र बाँच्न सक्ने भएकोले बाहिर वातवारण वा हावामा धेरै बेर बाँच्न सक्दैन । त्यसै कारण अन्य तरिकाबाट यसको संक्रमण हुदैन ।

 

एच.अर्इ.भी. संक्रमणबाट जोखिममा को रहेको छ ?

जो कोहि पनि योन कृयाकलापमा संम्लग्न छ । तर हामीले सुरक्षित छ वा छैन सावाधानी अपनाउनु पर्दछ । सबै क्षेत्रमा कार्यरत मानिसहरू र युवा पिडी यस संक्रमणको जोखिममा रहेको पार्इन्छ । कति मानिसहरू यस संक्रमणको बारे अनविज्ञ रहेका छन् वा थाहा छैन । त्यस कारण यो महत्वपुर्ण छ । तपार्इ र तपार्इको साथी एच.अर्इ.भी संक्रमित छ कि भनेर वा तपार्इ यस बारे कल्पना गर्नहोस् ।

 

एच.अर्इ.भी. र एड्स: लक्षणहरू र उपचार विधि

लक्षयहरू

जब मानिसमा एच.अर्इ.भी संक्रमण हुन्छ । तर सबै मानिसहरूलार्इ यसको लक्षण बारे थाहा हुदैन । विस्तारै कमजोर हुदै जान्छ । केहि हप्तामा नै असामन्य हिसाबले शारिरिक तउल घट्दछ । र अरू लक्षणहरू पनि देखा पर्दछ । जस्तै-ज्वारो अउने, मुखमा ढुसी पर्ने वा घाउ निस्कने, घाटीमा गाँठा गुठी निस्कने, पखला लाग्ने र प्रतिरक्षा प्रणाली विस्तारै नष्ट हुदै जाने हुन्छ । र कुनै बेला यि लक्षणहरू देखा परि अफै ठिक भए जस्तो हुन्छ । तर निको भने हुदैन । र केहि हप्ता पछि मानिस सिकिस्त विरामी पर्दछ । यो यस संक्रमणका लक्षणहरू हुन जो सुरूको अवश्थामा देखिन्छन् ।

 

उपचार विधि

एच.अर्इ.भी. लार्इ निर्मुल पार्न सक्ने दवार्इ अएको छैन । तर एउटा उपचार विधि छ जसलार्इ एन्टी रेन्ट्रोभार्इरल थेरापी वा ART भनिन्छ । जुन बिधि प्रयोग गर्दा शरिरमा रहेका एच.अर्इ.भी. भार्इरसलार्इ लठ्यार्इ दिन्छ र एच.अर्इ.भी. ले शरिरमा रहेर कुनै पनि गति विधि साथै बृदि विकास र चलखेल गर्न सक्दैन । र हाम्रो शरिरमा रहेको प्रतिरक्षा प्राणाली सक्रिया भर्इ अफ्नो संख्यामा बृदि गर्दै सि.डी.४ बड्दै जाँदछ । र मानिस स्वास्थ्या वा सामान्य जिवन जिउन सक्दछ । तर स्वास्थ्य कर्मीको सल्लाह अनुसार नियमित र ठिक समयमा यसको सेवान गर्नु पर्दछ, यो उपचार विधि अत्यधिक प्रभावकारी रहेको छ ।

 

एच.अर्इ.भी. परिक्षाण

मलार्इ एच.अर्इ.भी संक्रमण हुन सक्छ ? मलार्इ थाहा छैन म के गर्ने ?

यस विषयमा चिन्तित हुनुहुन्छ तपार्इ ? एच.अर्इ.भी.संक्रमण हुनु भए जस्तो लाग्यो । यो समयमा तपार्इलार्इ एच.अर्इ.भी. परिक्षाण गराउन महत्वपुर्ण छ । म अफैमा यस संक्रमणको जोखिममा छु भनि सोच्नु हुन्छ ? तुरून्त अस्पताल वा स्वास्थ्या केन्द्र गर्इ परामर्श तथा परिक्षाण गराउनु राम्रो हुन्छ । सबै जसो स्वास्थ्या केन्द्रमा एच.अर्इ. भी. परिक्षाण हुन्छ । यसमा संखा लागि परिक्षाण गर्दा देखिएन भने फेरी दोवारा १२ हप्ताको फेर पारि दुर्इ पटक सम्म परिक्षाण गर्नुपर्दछ, किन कि झ्याली पिरेटमा यो नदेखिन सक्दछ । १२ हप्ता पछिको परिक्षाणमा देखिन सक्द- छ ।

 

नियमित एच.अर्इ.भी. परिक्षाण

एच.अ.भी. संक्रमण भए पनि शुरूमा उपचार गरि परिवर्तित जिवन जिएमा, सामान्या मानिस सरह जिवन जिउन सकिन्छ । त्यसै कारण एच अ.भी. छ, छैन थाहा पाउन महत्वपुर्ण हुन्छ । यदि तपार्इ योन कृयाकलापमा सक्रिया हुनुहुन्छ भने नियमित एच.अर्इ.भी. परिक्षाण गर्नुहोस् ।

 

हामीलाई सम्र्पक गर्नुहोस्

AIDSLink News